इजरायलसहित खाडी मुलुकमा श्रम स्वीकृत दिन रोक

काठमाडौं । सरकारले इजरायललगायत खाडी मुलुकमा श्रम स्वीकृती दिन रोक लगाएको छ । 

मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलमा श्रम स्वीकृत दिन रोक लगाएको हो ।

आइतबार श्रम रोजगार तथा सामाजिकमन्त्री राजेन्द्रसिंह भण्डारीको मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो। 

वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको हो ।

Share News