काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले केहीबेरअघि सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरूलाई तत्काल उपस्थित हुन निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए ।
प्रवक्ता अर्यालका अनुसार समसामयिक राजनीतिक तथा पछिल्लो इरान तनावका विषयमा छलफल गर्न बैठक डाकिएको हो । बैठक अहिले साढे पाँच बजेका लागि बोलाइएको हो ।
अर्यालका अनुसार पछिल्लो समय विकसित घटनाक्रम, सरकारका प्राथमिकता प्राप्त कार्यक्रमहरू तथा केही नीतिगत निर्णयबारे परामर्श आवश्यक देखिएकाले आकस्मिक बैठक बोलाइएको हो ।
बैठकमा मुलुकको वर्तमान परिस्थिति, प्रशासनिक समन्वय, सुरक्षा अवस्था तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ ।
सरकारी निवास बालुवाटारमा मन्त्रीहरूको आगमन सुरु भइसकेको छ ।