काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनावश्यक स्टोर नगर्न आग्रह गरेको छ । निगमले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेको हो ।
‘पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको छ, आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ, यो समयमा भण्डार नगर्नूहोला, यसले अनावश्यक जोखिम निम्त्याउँछ,’ निगमले भनेको छ ।
निगमले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जर्किन, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्न पनि आग्रह गरेको छ । पेट्रोलियम पदार्थ स्टोर गर्न निषेधित रहेको पनि निगमको भनाइ छ ।