४५ प्रतिशत उम्मेदवारले व्यक्तिगत बैंक खाताबाट निर्वाचन खर्च गर्दै, आयोगले कारवाही गर्ने

काठमाडौं । निर्वाचन प्रयोजनका लागि १ हजार ८६५ उम्मेदवारहरूले मात्र बैंक खाता खोलेका छन् । निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुन श्रीसले कुल उम्मेदवारको आधा भन्दा बढीले खाता खोलेको जानकारी दिइन् । 

फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवारले सहभागी जनाएका छन् । विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । जुन ५४ बढी प्रतिशत हो । 

एघार वटा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले बैंक खाता खोलेको उनले जानकारी दिइन् । १ हजार ५४१ उम्मेदवारले भने खाता नखोलेको उनले जानकारी दिइन ।

बैंक खाता नखोलेका उम्मेदवारलाई आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले सम्झाउने श्रीसले बताइन् । बैंक खाता खोल्नका लागि आयोगले धेरै ताकेता गरेको उनको भनाइ छ ।

‘कुल संख्याको आधाभन्दा धेरै उम्मेदवारले बैंक खाता खोलेका छन्,’ उनले भनिन्,’ पहिलोपटक भएकाले यतिका उम्मेदवार खाता खोल्नुलाई सकरात्मक मान्न सकिन्छ ।’

आयोगमा सुरुवाती चरणमा उम्मेदवारहरू बैंकमा खाता खोल्न झन्झट भएको भन्दै गुनासो गर्दै आएको उनले बताइन् । 

‘बैंकमा खाता खोल्न जिल्ला निर्वाचन कार्यालयको सिफारिस लिनु पर्ने हुँदा उम्मेदवारले टाढा परेको भनेर गुनासो गरेका थिए,’ उनले सुनाइन्,’ निर्वाचनमा सहभागिता जनाउने उम्मेदवारले बैंक खाता खोल्न मानेनन् । निर्वाचन आयोगले उम्मेदवारको बैंकमा खाता खोल्न सहजीकरण गरिदिन राष्ट्र बैंकसँग अनुरोध पनि गरेका थियौं ।’

धेरै पार्टीका उम्मेदवार आफ्नो व्यक्तिगत खाताबाट निर्वाचन खर्च गरिरहेको पनि उनले जानकारी दिइन् । 

Share News