काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।
रामेछाप नगरपालिका-२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो । अहिले उद्दारका काम भइरहेको छ । अहिलेसम्म ८ जनाको उद्वार भइसकेको बताइएको छ ।