दाउरा थकालीमा लागेको आगलागी नियन्त्रण (तस्बिरसहित)

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा आएको छ । 

मंगलबार (आज) पुल्चोकको इञ्जिनिरियङ क्याम्पस अगाडि रहेको दाउरा थकालीमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए ।

‘आगलागीले थकाली पूर्ण रूपमा क्षति भएको छ । क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन, उनले भने ।

आठौं तलाको भवनमा रहेको दाउरा थकालीमा विद्युत सर्ट भएर आगलागी भएको मिश्रले जानकारी दिए ।

तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज

nullnullnullnullnullnullnullnullnull

Share News