काठमाडौं । देशैभरि ४४ लाख मत खसेको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ ।
१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको छ ।
त्यसैगरी, काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा ३ लाख १२ हजार मत खसेको छ ।
प्रतिनिधि सभाको निर्वाचनमा मध्यान्ह १ बजेसम्म ३ लाख १२ हजार मत खसेको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए ।
काठमाडौंका सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको उनले बताए । अहिलेसम्म कुनै अप्रिय घटना नघटेको उनले उल्लेख गरे ।