१ बजेसम्म झापा ५ मा खस्यो ४४ प्रतिशत मत

काठमाडौं । झापामा १ बजेसम्म ४१ प्रतिशत मतदान भएको छ । झापाका ५ वटा निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ । 

झापा क्षेत्र नम्बर १ मा ४४.४ प्रतिशत, झापा २ मा ४४.७९ प्रतिशत, ३ मा ३९.३२ प्रतिशत, ४ मा ३१.४७ प्रतिशत र झापा ५ मा ४४.४१ प्रतिशत मत खसेको झापा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले जानकारी दिए ।

‘झापाको सबै क्षेत्रमा शान्तिपूर्ण निर्वाचन भइरहेको छ । यहाँ कुनै पनि अप्रिय घटना घटेको छैन । मतदान जारी छ,’ उनले भने ।

झापामा ७ लाख १३ हजार ३५७ मतदाता रहेका छन् । पुरुष मतदाता ३ लाख ५८ हजार ३४६ र महिला ३ लाख ५५ हजार १८३ मतदाता रहेका छन् ।

Share News