दोलखामा रोकिएको मतदान सुरु

काठमाडौं । दोलखामा रोकिएको मतदान सुरु भएको छ । 

तामाकोशी गाउँपालिका वडा नम्बर ४ गोलेश्वर मावि मतदानस्थलमा विवाद उत्पन्न भएपछि रोकिएको मतदान केही समयअघि मात्र सुरु भएको हो । 

सहायक जिल्ला प्रमुख अधिकारी औलाखबहादुर आलेले हराएको मतपत्र खोजेर फेला परेपछि मतदान सुरु भएको जानकारी दिए । अन्य मतपत्रको विषयमा मुचुल्का उठाइ सहमति गरेको उनले बताए । 

उनका अनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए ।

Share News