दोलखाको मालुमा रोकिएको मतदान पुनः सुरु

काठमाडौं । दोलखाको मालुमा रोकिएको मतदान सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय, दोलखाकी निर्वाचन अधिकारी अप्सरा खत्रीले मालुमा रोकिएको निर्वाचन प्रक्रिया पुनः सुरु भएको जानकारी दिइन् । 

मालुमा केहीबेर अघिमात्र मतदान प्रक्रिया अगाडि बढेको उनको भनाइ छ । 

उनका अनुसार बुथका केही प्रतिनिधिले हस्ताक्षर नगरिएको मतपत्र र स्वस्तिक छाप लुटेका थिए । 

‘५४ वटा मतपत्र बुको खोसिएको थियो । ४४ वटा मतपत्र फिर्ता गरिएको र दशवटा मतपत्र हराएकै हराइ भयो,’ उनले भनिन् ।

Share News