झापामा मतपत्र बाकस संकलन हुँदै, सम्भव भए आजै रातिबाट मतगणना गरिने

काठमाडौं । झापाका सबै निर्वाचन क्षेत्रमा मतपत्रको बाकस संकलन भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्रको बाकस सुरक्षित भण्डार गरिसकेपछि मतगणनाको कार्य अगाडि बढ्ने छ ।

आजै राति सर्वदलीय बैठक बस्ने मतगणना सुरु गर्ने आयोगले जनाएको छ । 

मतगणनास्थलमा बस्नेहरूको परिचय संकलन गरिने पनि आयोगले उल्लेख गरेको छ ।

‘सम्भव भएमा आजै रातिबाट सबै क्षेत्रको मतगणना सुरु गरिनेछ,’ आयोगका एक अधिकृतले विकासन्युजलाई भने ।

Share News