काठमाडौं-७ र १० मा रास्वपाको अग्रता, कसले कति मत ल्याए ?

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुआती अग्रता लिएको छ । 

निर्वाचन क्षेत्र नं ७ मा रास्वपाका उम्मेदवार गणेश पराजुलीले ४ हजार ६७७ मतसहित अग्रता लिएका छन् । निर्वाचन अधिकृत सविता शर्माका अनुसार नेकपा (एमाले)का प्रकाश श्रेष्ठले ९०४ मत र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले ७२० मत प्राप्त गरेका छन् । 

यसैगरी, काठमाडौं-१० मा सोही पार्टीका प्रदीप विष्टले ५ हजार ७६५ मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृता कुमारी शर्माले बताइन् । नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले ९५३ मत प्राप्त गरेका छन् । 

Share News