पर्सा -२ मा रास्वपाका कानु १ हजार मतसहित अगाडि

वीरगञ्ज । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानुले १ हजार ७७ मतसहित अग्रता लिएका छन् । 

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७ सय ४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ३३० मत प्राप्त गरेका छन् । 

पर्सा-२ मा  विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसैगरी, ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।
 

Share News