काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ५ हजार ३११ मतसहित अग्रस्थानमा रहेका छन् ।
ताजा मत परिणामअनुसार १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले २ हजार ९८३, नेकपा एमालेका प्रेमबहादुर तामाङले २ हजार २५६ मत प्राप्त गरेका छन् ।
यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गरेका थिए ।