काठमाडौं । चितवन ३ मा रास्वपाकी सोविता गौतमले अग्रता फराकिलो बनाएकी छन् । पछिल्लो पछिल्लो नेकपाकी रेनु दाहालसँग उनको साढे ४ हजार मतको दुरी छ ।
अहिलेसम्म १९ हजार ४५ मत गणना हुँदा सोवितालाई ९ हजार ८ सय ७९ मत आएको छ । रेनुले ५ हजार २ सय ५६ मत ल्याएकी छन् । रेनुभन्दा सोविता ४ हजार ६ सय २३ मतले अगाडि छिन् ।
अन्य उम्मेदवारहरु निकै पछाडि छन् । एमालेका शंकर थपलियाले १४ सय ६५ र कांग्रेसका टेकबहादुर गुरुङले १ हजार २२ मत ल्याएका छन् ।