काभ्रे २ मा बदन दोब्बर मतले अगाडि

काठमाडौं । काभ्रेपलाञ्चोक- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बदन भण्डारीले अग्रता कायम गरेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार उनले ६ हजार ३०४ मत प्राप्त गरेका छन् । 

नेकपा एमालेका अशोक ब्यन्जुले २ हजार ६२४, नेपाली कांग्रेसका उम्मेदवार मधु आचार्यले १ हजार ७५१ र नेकपाकी बसुन्धारा हुमागाईंले ४५४ मत पाएकी छन् ।

Share News