चितवन-२ मा रवि लामिछानेको ऐतिहासिक जीत, ५४ हजार ४०२ मतसहित आफ्नै पुराना रेकर्ड तोडे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने तेस्रो पटक भारी मतसहित निर्वाचित भएका छन् । उनले कुल ५४ हजार ४०२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् ।

लामिछानेले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेललाई पछि पार्दै ५४ हजार ४ सय २ मत सहित निर्वाचित भएका हुन् । कांग्रेसकी मिनाले १४ हजार ९३५ पाएकी छन्। एमालेका अस्मिन घिमिरेले भने ६९९५ मत ल्याएका छन्।

तीन वर्षअघि भएका निर्वाचन पनि रवि लामिछानेले ५४ हजार १ सय मत ल्याएर निर्वाचित भएका थिए । 
 

Share News