काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित रूपमा बलियो प्रदर्शन गर्दै दुई तिहाइ बहुमततर्फ अग्रसर देखिएको छ । शनिवार बिहान ८ बजेसम्म रास्वपाले प्रत्यक्षतर्फ २० सिट जितिसकेको छ भने ९९ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।
अधिकांश क्षेत्रमा फराकिलो अग्रता भएकाले तीमध्ये धेरै सिट रास्वपाले जित्ने सम्भावना देखिएको छ । अहिलेसम्मको रुझान हेर्दा रास्वपा प्रत्यक्षतर्फ मात्र करिब १३० सिट नाघ्ने अवस्थामा देखिन्छ । यही अनुपातमा समानुपातिक मत प्राप्त भएमा उसले संसदमा दुई तिहाइ बहुमत हासिल गर्न सक्ने आँकलन गरिएको छ ।
मतपरिणामअनुसार विभिन्न प्रदेशका धेरै महत्वपूर्ण क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भइसकेका छन् । विशेषगरी काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा पार्टीले क्लिन स्विपजस्तै नतिजा निकाल्दै बलियो उपस्थिति देखाएको छ ।
यी हुन् रास्वपाबाट हालसम्म विजयी उम्मेदवारहरू
कोशी प्रदेशबाट
मोरङ-४ सन्तोष राजवंशी
मोरङ ६ रुबिना आचार्य
मधेस प्रदेश
धनुषा-३ मनीष झा
महोत्तरी-१ प्रमोदकुमार महतो
बागमती प्रदेश
काठमाडौं-१ रन्जु न्यौपाने
काठमाडौं-३ राजु नाथ पाण्डे
काठमाडौं-४ पुकार बम
काठमाडौं-५ सस्मित पोखरेल
काठमाडौं-६ शिशिर खनाल
काठमाडौं-७ गणेश पराजुली
काठमाडौं-८ विराज भक्त श्रेष्ठ
काठमाडौं-९ डोल प्रसाद अर्याल
काठमाडौं-१० प्रदिप विष्ट
चितवन-२ रवि लामिछाने
गण्डकी प्रदेश
स्याङ्जा-१ धनन्जय रेग्मी
कास्की-२ उत्तम प्रसाद पौडेल
कास्की-३ बिना गुरुङ
लुम्बिनी प्रदेश
रुपन्देही-४ कन्हैया बनिया
बाँके-१ सुरेश कुमार चौधरी
बाँके-३ खगेन्द्र सुनार