काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ कोमल ज्ञवाली विजयी भएकी छन् ।
उनी नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई झण्डै पाँच हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।
निर्वाचन परिणाम अनुसार ज्ञवालीले १७,८६२ मत पाएकी छन् भने निकटतम प्रतिद्वन्द्वी चौधरीले १२,८६७ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौराले ८,३९२ मत पाएका छन् भने नेकपा एमालेका द्वारिकलाल न्यौपाने चौथो स्थानमा रहे र उनका पक्षमा ४,४९३ मत परेको छ ।
प्रतिनिधि सभा निर्वाचन २०७९ मा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ विजयी भएकी थिइन् ।