काठमाडौं । मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले अग्रता कायमै राखेका छन् । कार्की १३ हजार ४३७ मतसहित अग्रस्थानमा छन् ।
नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ८ हजार ९६३ मत, श्रम संस्कृतिका अमिर मगरले ७ हजार ३ सय र नेकपा एमालेका इरान राईले २ हजार ८३१ मत प्राप्त गरेका छन् ।