काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबरालाई २३ हजार ३७३ मत पाउँदै पराजित गरेका हुन् । कांग्रेसका जबराले १३ हजार ५२० मत मात्रै पाए भने नेकपा एमालेका चेतनाग सञ्जलले ६ हजार ५४६ मत पाए ।
४७ वर्षीय महर्जन ललितपुर महालक्ष्मी नगरपालिका, सिद्धिरोडका स्थायी बासिन्दा हुन् । उनी मंगलमान महर्जनका छोरा हुन् ।
बुद्धरत्नले रत्नराज्य क्याम्पसबाट बीएसम्मको औपचारिक शिक्षा लिएका छन् । राजनीतिमा आउनुअघि विभिन्न सामाजिक संस्थामा रहेर काम गरेको अनुभव उनीसँग छ । रास्वपाबाट स्थानीयस्तरमा सक्रिय रहेका बुद्धरत्न २०७९ को चुनावमा ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यतिबेला उनले ८ हजार ६६६ मत ल्याएका थिए ।