काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले अग्रता कायमै राखेका छन् ।
ताजा मतपरिणामअनुसार भण्डारीले ६ हजार २९९ मत प्राप्त गरेका छन् । भण्डारीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले ५ हजार ८८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार १८९ मत पाएका छन् ।
नेकपाका परमानन्द भट्टले २ हजार ४५५ र राप्रपाका भुपेन चन्दले ४५७ मत प्राप्त गरेका छन् ।
यो मत परिणाम २१ हजार ७७९ मत गन्दाको हो ।
प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटक ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।