काठमाडौं । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि विराजभक्त श्रेष्ठले लोकतन्त्रको महत्त्व र सुन्दरता प्रत्येक मतको लगानीमा हुने बताएका छन । श्रेष्ठ काठमाडौं ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका हुन् ।
‘लोकतन्त्रको महत्व र सुन्दरता, हरेक मतको लगानीमा गाँसिएको हुन्छ। यो ऐतिहासिक जीत म एक्लो विराजको होइन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘मलाई विश्वास गर्ने हरेक मत, साथ दिने हरेक पाइला, हौसला राख्ने हरेक शब्द, आड दिने हरेक काँधको विजय हो ।’
‘अब आउने दिनमा सबैको साथ, सुझाव, चेतावनी र सम्भावनालाई आत्मसात गरि अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । ‘तपाईंको लगानी खेर जाने छैन,’ उनले अगाडि भनेका छन् ।
श्रेष्ठ २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।