झापा- ५ मा बालेनले ४२ हजार कटाउँदा ओलीले ११ हजार ४२७ मत पाए

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले भारी मतले अग्रता कायम गरेका छन् । उनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका केपी शर्माले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, श्रम संस्कृतिका समीर तामाङले ७ हजार १०७ मत पाएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी मन्थरा चिमरियाले १ हजार २०२, नेकपाका रन्जित तामाङले ९९६ र राप्रपाका लक्ष्मीप्रसाद संग्रौला ९११ मत ल्याएका छन् ।

Share News