भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ्ग थापा ५८ हजार ८१४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनी ५० हजार ५३९ मतान्तरले विजयी भएका हुन् । जुन मत हालसम्मकै उच्च हो ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे ।