बैतडी । बैतडीमा जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीलाई नेकपा एमालेका दामोदर भण्डारीले पच्छाएका छन् ।
प्राप्त विवरणअनुसार हरिमोहन भण्डारीले ६ हजार ५६२ मत प्राप्त गरेका छन् भने दामोदर भण्डारीले ६ हजार ४५४ मतका साथ कडा टक्कर दिइरहेका छन् ।
यी दुई उम्मेदवारबीचको मतान्तर निकै कम छ ।
नेपाली कांग्रेसका चतुरबहादुर चन्दले ५ हजार ५१६, नेपाली कम्युनिस्ट पार्टीका परमानन्द भट्टले २ हजार ७१० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुपेन्द्र बहादुर चन्दले ४६४ मत प्राप्त गरेका छन् ।