काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अग्रता बढाउँदै लगेका छन् ।
निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७,८१३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले ५,८७१ मत पाएकी छन् । सुरुवाती मतगणनामा तामाङ अघि रहे पनि पछिल्लो परिणामअनुसार साम्पाङ १,९४२ मतले अग्रस्थानमा पुगेका हुन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई १,४७३ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका टीकाराम लिम्बू १,२१४ मतसहित चौथो स्थानमा छन् ।
नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १,०९३ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् ।