सर्लाही ४ मा अमेरशले १६ हजार २२७ पाउँदा गगनले कति मत पाए ?

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश सिंहले १६ हजार २२७ मत पाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका गगन थापा साढे ६ हजार मतान्तरले पछि परेका छन् । कांग्रेसका थापाले ९ हजार ६७४ मत पाएका छन् । 

यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६१ मत पाएर तेस्रो स्थानमा छन् भने एक हजार २२ मतसहित जनमत पार्टीका राकेश मिश्र चौथोमा छन् ।  

नेकपाका रजनिस रायले ७०३ मत ल्याएका छन् ।  

Share News