काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहको विजय सुनिश्चित भएको छ । बालेनले ४७ हजार ७७९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरे।
ओलीभन्दा बालेन ३५ हजार ८० मतले अगाडि छन् ।
हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ ।
उक्त क्षेत्रमा कुल १ लख ६ हजार ३७२ मत खसेको थियो । अब भने सो क्षेत्रमा ३० हजार ९९५ मत गणना गर्न बाँकी रहेको छ ।