नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने विजयी

काठमाडौं। नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३२ हजार ५४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे ।

त्यस्तै, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।

Share News