काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले ३८ हजार ४० मत ल्याएर विजयी भएका हुन् ।
कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन् ।
यसअघि २०८० वैशाखमा भएको उपनिर्वाचनमा पनि वाग्ले तनहुँ–१ बाट भारी मतान्तरसहित विजयी भएका थिए ।
वाग्ले योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । उनी अर्थशास्त्रीका रूपमा पनि चिनिन्छन् ।