काठमाडौं । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले ५५ हजार ९३४ मत पाएका छन् । उनी ओलीभन्दा ४० हजार ५२५ मतले अगाडि रहेका छन् ।
एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन् ।
झापा ५ मा १ लाख ६ हजार ३७२ मत खसेको थियो । हालसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ । १७ हजार ९३१ मत गणना गर्न बाँकी रहेको छ ।