जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढा विजयी

काठमाडौं । जाजरकोटबाट नेपाली कांग्रेसका खडकबहादुर बुढा विजयी भएका छन् । उनी २० हजार १४२ मतसहित विजयी भएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेतले  १७ हजार ४०७ मत ल्याएर दोस्रो भए ।

त्यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३  मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राघव कार्कीले २ हजार ४७१ मत प्राप्त गरेका छन् । 
 

Share News