अछाम–१ मा कांग्रेसका भरतबहादुर स्वाँर विजयी, झिनो मतले हारे रावल

काठमाडौं । अछाम–१ मा नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् । उनी १० हजार ७५९ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल १० हजार २३३ मतले दोस्रोमा सीमित भए।

नेकपा एमालेका दीपकबहादुर साउदले सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्रबहादुर शाहले १०२ मत ल्याएर चौथो भएका छन् ।  
 

Share News