झापा- ५ मा बालेन्द्रको ६६ हजार मत पुग्दा ओली १८ हजारमै सीमित, ३ हजार गणना बाँकी

झापा । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बालेन्द्र शाहले अत्यधिक मतका साथ आफ्नो अग्रता कायम राखेका छन् । 

कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म १ लाख ३ हजार ३ सय ७५ मत गणना भइसकेको छ ।

ताजा मतपरिणाम अनुसार बालेन्द्र शाहले ६६ हजार २०० मत प्राप्त गर्दै विजयतर्फ पाइला अगाडि बढाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर निकै फराकिलो देखिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ७५२ मत प्राप्त गरेकी छिन् भने नेकपाका रञ्जित तामाङ १ हजार ४३५ मतका साथ चौथो स्थानमा रहेका छन् ।

अब गणना गर्न करिब ३ हजार मत मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

गणना हुन बाँकी मतभन्दा बालेन्द्र शाहको अग्रता धेरै बढी रहेकाले यस क्षेत्रमा शाहको जित सुनिश्चित प्रायः देखिएको छ । 

Share News