समानुपातिकतर्फ रास्वपाले कटायो ३ लाख मत, कांग्रेस र एमाले निकै पछि

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार रास्वपाले ३ लाख मतको ऐतिहासिक सीमा पार गरेको छ ।

बेलुका ६ बजेसम्म गणना भएको कुल ५ लाख ६२ हजार २५४ मतमध्ये रास्वपाले ३ लाख १ हजार ३६८ मत प्राप्त गर्दै स्पष्ट अग्रता बनाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९० हजार ७२९ मत प्राप्त गरेको छ भने नेकपा एमाले ७३ हजार ६७२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ३१ हजार ६७० मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ हजार ८०५ मत पाएको छ ।

अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ११ हजार ८०६ मत प्राप्त गरेको छ भने राष्ट्रिय परिवर्तन पार्टीले ८ हजार ५४ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

Share News