सर्लाही-४ मा रास्वपाका अमरेश सिंह अघिअघि गगन थापा पछिपछि

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले मतगणनामा बलियो अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उनलाई पछ्याइरहेका छन् ।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार सिंहले २१ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् भने गगन थापाले १२ हजार ९ सय ९३ मत पाएका छन् । दुवैबीचको मतान्तर अहिले ८ हजार ३ सय ८४ रहेको छ ।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेका थिए । तीमध्ये ७७ हजार ९ सय ३१ मत खसेको थियो । हालसम्म ४६ हजार २ सय १ मत गणना भइसकेको छ भने अझै ३१ हजारभन्दा बढी मत गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

Share News