चितवनमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु, एक घाइते

काठमाडौं । चितवन जिल्लाको कालिका नगरपालिका-९ दब्यटारस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००१ ह ०३१५ नम्बरको अटो आज आफैँ अनियन्त्रित भई नालामा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक राप्ती नगरपालिका-९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका-८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।

दुर्घटनामा परी घाइते राप्ती नगरपालिका-९ की ५३ वर्षीया चिनीकुमारी गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Share News