काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल फराकिलो मतान्तरसहित निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ मतान्तरले पराजित गर्दै शानदार जीत हासिल गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार ढकालले ५८ हजार २०८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी बुर्लाकोटीले १३ हजार ३३ मत मात्रै पाए । यसैगरी नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत प्राप्त गरे भने नेकपाका कृष्ण पन्तले ४ हजार ८१ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन् ।
ढकाल यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनले नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए । त्यसबेला ढकालले ३४ हजार १८९ मत ल्याउँदा पाण्डेले २६ हजार ६०८ र पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए ।