मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् । 

मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् । 

नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजार ५८५ मत खसेको थियो ।

Share News