काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा पर्सा-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का टेकबहादुर शाक्य विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार, रास्वपाका शाक्यले २८ हजार ६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा (एमाले)का जालिम मियाँ मंसुरीले १२ हजार १४५, जसपा नेपालका कृपासिन्धु प्रसादले ४ हजार ७५८ र नेकपाका जयप्रकाश थारूले ३ हजार ११३ मत प्राप्त गरेका छन् ।