गोकुल बास्कोटा भन्छन्- हार-जित सामान्य हो, तर यहाँ हार्नेले होस नगुमाउन्

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले यसपालिको निर्वाचन परिणामलाई लिएर सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

उनले मत परिणामबारे हार्ने-जीत्ने दृष्टिकोणलाई सामान्य रूपमा लिनुपर्ने र निर्वाचनपछिको समीक्षालाई अत्यधिक महत्व नदिन सुझाव दिएका छन् ।

बास्कोटाले लेखेका छन्, ‘निर्वाचनपछिको समीक्षाको खास काम हुँदैन । तर भोलि के भन्ने प्रश्नको जवाफ खोज्न मद्दत भने गर्छ। मेरो विचारमा निर्वाचनपूर्वको समग्र तयारी मूल हो । निर्वाचन टोटल वार हो, व्यक्तिगत हार–जित सामान्य हुन् । एमालेले त्यो गुमायो । जितको भारीले जित्नेलाई नथिचोस्, हार्नेले होस नगुमाउन्, सबैको भलो होस् ।’ 

उनको सन्देशमा हार्ने-जीत्ने दुवै पक्षलाई संयम राख्न र लोकतान्त्रिक भलो सुनिश्चित गर्न जोड छ।

Share News