काठमाडौं । सल्यानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित भएका छन् । उनले २३ हजार १८९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
यस्तै नेपाली कांग्रेसका केशबहादुर विष्ट १७ हजार ५५८ मत, नेकपा एमालेका गुलाब जंग शाहले १५ हजार ३७३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गरे ।