समानुपातिकतर्फ ७५ लाख ७५ हजार मत गणना, रास्वपाले ल्यायो ३६ लाख ७२ हजार मत

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ  ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ३८ हजार २७०, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले २ लाख ४० हजार ७६३ मत प्राप्त गरेको छ ।

Share News