बालेनको चुनावी खर्च १४ लाख १७ हजार २८९ रूपैयाँ

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन साहले चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । झापा ५ बाट निर्वाचित शाहले सोमबार आफ्नो चुनावी खर्च बुझाएका हुन् । बालेनले कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

सार्वजनिक विवरणअनुसार उनले सबैभन्दा बढी वडा–स्तरीय प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा ५ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् । त्यसैगरी सवारीसाधन प्रयोगतर्फ दुई वटा सवारीसाधन १४ दिन प्रयोग गर्दा २ लाख ९३ हजार ८०० रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै, प्रचारप्रसार सामग्री छपाइमा १ लाख १९ हजार ८०८ रुपैयाँ खर्च गरिएको छ । क्षेत्रीय निर्वाचन प्रचार कार्यालय सञ्चालनका क्रममा दुई महिनामा पानीमै १ लाख २० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका थिए ।

null

Share News