काठमाडौं । आमनिर्वाचन २०८२ मा हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड पार गरेको छ । कुल ८९ लाख २४ हजार ९२४ मत गणना हुँदा उक्त दलले ३ लाख १० हजार ९० मत प्राप्त गरेको हो ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड पार गरेपछि न्यूनतम मत प्राप्त गरेर राष्ट्रिय दल बन्ने पार्टीहरूको संख्या ५ पुगेको छ ।
प्रत्यक्षतर्फ एक सिटमा जित हासिल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) थ्रेसहोल्ड कटाउने दौडमा रहेको छ ।