रास्वपा विपिन आचार्यले चुनावमा गरे १६ लाख २९ हजार खर्च

काठमाडौं । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले चुनावी खर्चको विवरण बुझाएका छन् । उनले मंगलबार निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च बुझाएका हुन् ।

उनी रास्वपाका सहमहामन्त्री समेत रहेका आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ । 

आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका पराजित गरेका थिए । उनले ४३ हजार ८२२ मत पाएका थिए भने पोखरेलले १५ हजार ५५८ मत पाएका थिए । 
 

Share News