काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन अब सायरी लेख्‍न नपाइने

काठमाडौं । के तपाईंले काठमाडौं उपत्यकामा सडकमा सञ्चालन आएका सवारीसाधनमा सायरी तथा कविता देख्नु भएको छ ? यदि त्यस्तो कविता वा सायरी देख्नु भएको छ भने अबदेखि देख्न पाउनु हुनेछैन ।

काठमाडौंलगायत देशभरका सडकमा सञ्चालनमा रहेका सवारीसाधनमा कविता सायरी नदेख्ने कमै नेपाली होलान् । ठूला-ठूला मालवाहक ट्रक र सार्वजनिक यातायातमा सायरी र कविता लेखिएका हुन्छन् ।

अब भने काठमाडौं उपत्यकाका सडकमा सञ्चालन हुने निजी तथा सार्वजनिक यातायातमा समेत कविता, सायरी तथा टुक्का देख्न पाइनेछैन । सवारीसाधनमा रंगरोगन तथा स्टीकर र झल्लर राख्नसमेत नपाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीसाधनहरुमा रंगरोगन, स्टीकर, सायरी, झल्लर जस्ता सामग्री राखेर चलाएको सवारीसाधनलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । 

सवारीसाधनमा रंगरोगन, स्टीकर, सायरी, झल्लर सामग्रीहरू नराखी चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोधसमेत गरेको छ ।

Share News