सिन्धु फलफूल र पञ्चकन्या त्रिदेव डेरीलाई विभागको डण्डा

काठमाडौं । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले २ वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार रुपैयाँ र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार  रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती २ फर्ममाथि जरिवाना गरिएको हो ।

यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ । 

Share News