काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा पौने १० लाख रुपैयाँ खर्च गरेका छन् । लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाएको खर्च विवरणअनुसार उनले प्रतिनिधिसभा निर्वाचनमा ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च गरेका हुन् ।
उनले मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१ रूपैयाँ, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको खर्च विवरणमा उल्लेख छ ।
उनले खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्ठी भेला गर्दा १ लाख ८० हजार खर्च भएको उल्लेख गरेका छन् ।